नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

हिमाल प्रेस ४ असार २०८२ २०:५६ | Wednesday, June 18, 2025
नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

पर्सा– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमान जान लागेका उनीहरुलाई पक्राउ गरेको हो।

‘पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्,’ सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, ‘उनीहरुलाई भारत लैजान लागेको आशंकामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ।’

सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ।

प्रकाशित: ४ असार २०८२ २०:५६ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast