खोला दोभानमा भेटियो शव

हिमाल प्रेस ४ असार २०८२ ७:३२ | Wednesday, June 18, 2025
खोला दोभानमा भेटियो शव

काठमाडौँ- तनहुँको व्यास नगरपालिका-१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०८२ ७:३२ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast