ट्रम्पले छोडे जी–७ बैठक, भने–तेहरान तुरून्त खाली गरियोस्

हिमाल प्रेस ३ असार २०८२ १४:०१
44
SHARES
ट्रम्पले छोडे जी–७ बैठक, भने–तेहरान तुरून्त खाली गरियोस् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ बैठक छोडेर स्वदेश फर्किएका छन्। जी–७ को पहिलो दिनको बैठकपछि ट्रम्प अमेरिका फर्किएका हुन्। जी–७ को बैठक छोडेर उनी अमेरिका फर्किएको व्हाइट हाउसले जनाएको हो।

यसअघि ट्रम्पले मानिसहरूलाई तत्काल तेहरान छोड्न भन्दै इरानले अमेरिकासँग परमाणु सन्धिमा हस्ताक्षर गरिहाल्नुपर्ने दोहोर्‍याएका थिए।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले जी–७ को सम्मेलन छोडेर जाने ट्रम्पको कदमलाई सकारात्मक बताएका थिए। इजरायल र इरानबीच शान्ति प्रयासका लागि ट्रम्पले सम्मेलन छोडेको हुनसक्ने उनको भनाइ थियो।

ट्रम्पले भने आफूले किन जी–७ को बैठक छोडेको भन्ने विषयमा माक्रोंलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले योसँग इजरायल र इरान संघर्षको कुनै अर्थ नभएको बताएका छन्।

जी–७ बैठकसँग सम्बन्धित केही अधिकारीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको अनुपस्थितिमा महत्वपूर्ण निर्णय हुने सम्भावना कम रहेको बताएका छन्।

यद्यपि जी–७ को पहिलो दिन ट्रम्प र बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले गत महिना अमेरिका र ब्रिटेनबीच भएको व्यापार सम्झौतालाई अन्तिम रूपमा दिएका थिए।
योसँगै बेलायत, अमेरिकी कर कम गर्न अमेरिकासँग सम्झौता गर्ने पहिलो मुलुक बनेको छ।

इजरायल–इरान संघर्षबारे जी–७ का नेताहरूको यस्तो प्रतिक्रिया

क्यानाडाको कानानास्किसमा जारी जी–७ बैठकमा सहभागी नेताहरूले इजयारल–इरान संघर्षबारे वक्तव्य जारी गरेका छन्।

‘हामी, जी–७ का नेता मध्य–पूर्वमा शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता दोहो¥याउँछौँ,’ वक्तव्यमा भनिएको छ।

उनीहरूले ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको’ बताएका छन्। जी–७ नेताहरूले जारी गरेको वक्तव्यमा इरानलाई ‘क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत’ भनिएको छ।

इरानले परमाणु हतियार कहिल्यै पनि हासिल गर्न नसक्ने उनीहरूको भनाइ छ।

‘इरानी संकटको समाधानबाट मध्य–पूर्वमा युद्धको स्थितिमा व्यापक कमी आउने, जसमा गाजाको युद्धविराम पनि सामेल छ,’ वक्तव्यमा भनिएको छ। (डीब्ल्यू÷बीबीसी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast