नेप्से परिसूचकमा सामान्य सुधार

हिमाल प्रेस २ असार २०८२ १५:४३ | Monday, June 16, 2025
नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ८० अंकले बढेर दुई हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो।

आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ मूल्य बराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह एक दशमलव २२, जलविद्युत् एक, लगानी शून्य दशमलव १३ उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक चार दशमलव ६९ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ४८, विकास बैंक शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ५९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव २५ र व्यापार समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा पिओर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको ९५ करोड १६ लाख २२ हजार छ सय ८७ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०–२० को २७ लाख एक हजार आठ सय कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २ असार २०८२ १५:४३ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast