गाडिएको अवस्थामा युवकको शव फेला

हिमाल प्रेस २ असार २०८२ ११:२३ | Monday, June 16, 2025
गाडिएको अवस्थामा युवकको शव फेला

काठमाडौँ- धनकुटाको महालक्ष्मी नगरपालिका ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा युवकको शव फेला परेको छ।

मृतक महालक्ष्मी नगरपालिका १ कटहरे का २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयले मानिसको गोडा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जेठ ३० गते घरबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन थिए। शव शंकास्पद देखिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०८२ ११:२३ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast