तनहुँ : स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

हिमाल प्रेस १ असार २०८२ १९:५८ | Sunday, June 15, 2025
तनहुँ : स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज (आइतबार) दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटरमा सवार एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उनले बताए।

दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २५ प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो। रासस

प्रकाशित: १ असार २०८२ १९:५८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast