रवि लामिछानेविरुद्ध पर्सामा पनि दर्ता भयो मुद्दा (अभियोग पत्रसहित)

हिमाल प्रेस १ असार २०८२ १९:१२ | Sunday, June 15, 2025
रवि लामिछानेविरुद्ध पर्सामा पनि दर्ता भयो मुद्दा (अभियोग पत्रसहित) रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भएको छ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको सरकार वकील कार्यालय पर्साका सूचना अधिकारी अनन्तराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दर्ता गरिएको छ। त्यस्तै छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार बिगो मागदाबी गरिएको छ।

मुद्दा चलाइएकाहरू मध्ये रवि लामिछाने र छविलाल जोशी कारागार कार्यालय रुपन्देहीमा छन्। रामबहादुर खनाल र प्रमोद भट्टराई कास्की प्रहरीको थुनामा छन्। भूपेन्द्र राई, सागर केसी, मनिषा पाण्डे, दीपक लामा, विशाल तामाङ, कविता तामाङ, भगवाती बम्जन, खिमानन्द कँडेल, नविन अछामी, हेमन्त अधिकारी, दीपिका राई, रविना रिमाल, इरान लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदीप लामा, सविता लामा, शान्तिकुमारी सुवेदी, गणेशराज श्रेष्ठ, सुनिता नेवा, रोमन काफ्ले, कमल लामा, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र नवराज राउत फरार छन्।

प्रकाशित: १ असार २०८२ १९:१२ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast