भिजिट भिसा प्रकरणमा प्रचण्डले छेपारो प्रवृत्ति देखाए : शाही

हिमाल प्रेस १ असार २०८२ १६:५७ | Sunday, June 15, 2025
भिजिट भिसा प्रकरणमा प्रचण्डले छेपारो प्रवृत्ति देखाए : शाही

काठमाडौँ– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए।

सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ। उनले संसदको नियमावलीको विरुद्धमा सभामुख चले संसदको कुनै महत्व नरहने धारणा राखे।

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृतिमा काम गरेको टिप्पणी गरे।

प्रकाशित: १ असार २०८२ १६:५७ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast