फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभामा प्रतिपक्षी दलको विरोधलाई बेवास्ता गर्दै संसद् सञ्चालन गरिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै शाहीले प्रतिपक्षको आवाज नसुनी संसद् अगाडि बढाउनु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे।
‘संसद्मा विरोध भइरहेका बेला जबरजस्ती बैठक चलाउनु संसदीय अभ्यास होइन, यो त दादागिरी हो,’ शाहीले भने, ‘भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गरिनुपर्छ भन्ने हाम्रो मागमा सरकार गम्भीर देखिनुहोस्। यस्तो दादागिरी अब बन्द गर्नुस्।’
उनले सरकारलाई प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न र संसदीय मर्यादामा रहन आग्रह गरे।
प्रकाशित: १ असार २०८२ १४:०२ | Sunday, June 15, 2025
प्रतिक्रिया


