रास्वपालाई कांग्रेसको प्रश्न- पार्टी सभापति जेलमा, सदनमा नैतिकता खोज्ने?

हिमाल प्रेस १ असार २०८२ १३:२२ | Sunday, June 15, 2025
रास्वपालाई कांग्रेसको प्रश्न- पार्टी सभापति जेलमा, सदनमा नैतिकता खोज्ने? फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि नैतिक प्रश्न उठाउँदै अरुलाई उपदेश दिने छुट नभएकाे बताएकाे छ।

रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नैतिकता प्रश्न उठाउँदै संसद् अवरुद्ध गर्दै आएको सन्दर्भमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले तीव्र आपत्ति जनाउँदै कटाक्ष गरेका हुन्।

‘जुन पार्टीका सभापति रवि लामिछानेमाथि ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराधजस्ता गम्भीर मुद्दा छन्, उनीलाई जेल पठाउने सर्वोच्च अदालतको आदेश छ, त्यही व्यक्ति अझै पार्टी सभापति भएर निर्वाचन आयोगको सूचीमा नाम चलाइरहेका छन्। त्यसै पार्टीले कसरी नैतिकताको पाठ पढाउने ?’ घिमिरेले संसद्मा भने।

उनले थपे, ‘नैतिकताको नाममा गृहमन्त्रीको राजीनामा माग्नेहरूले आफूभित्र झाँक्नुपर्ने समय आएको छ। संसद् सदस्यबाट निलम्बनमा परेका रवि लामिछाने अझै संसदीय दलका नेता छन् भन्ने खबर पनि बाहिर आइसकेको छैन। के यही नैतिकता हो ?’

कांग्रेसले रास्वपाको संसद् अवरोधलाई ‘दोहोरिएको दोहोरो मापदण्ड’ भन्दै आलोचना गरेको छ। ‘अख्तियारमा छानबिन भइरहेको विषयलाई लिएर मन्त्री हटाउनु पर्ने भन्नेहरूको पार्टीभित्रै अपराध अभियोग खेपिरहेको व्यक्ति नेतृत्वमा हुनु, अचम्मकै नैतिकता हो,’ घिमिरेको भनाइ थियो।

प्रकाशित: १ असार २०८२ १३:२२ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast