काठमाडौँ- सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक गर्दैछन्।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन्।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन्। प्राय: सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्।
प्रकाशित: १ असार २०८२ ८:०८ | Sunday, June 15, 2025
प्रतिक्रिया



