गर्मी नघटेपछि वीरगन्जका विद्यालय ६ दिन बिदा थप

हिमाल प्रेस १ असार २०८२ ६:४८ | Sunday, June 15, 2025
गर्मी नघटेपछि वीरगन्जका विद्यालय ६ दिन बिदा थप

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः ६ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

वीरगन्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए।

प्रकाशित: १ असार २०८२ ६:४८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast