‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

हिमाल प्रेस ३१ जेठ २०८२ १७:२९ | Saturday, June 14, 2025
‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’ प्रदीप ज्ञवाली/फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन्।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यक भएको बताए।

‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ। लोकतन्त्रका  ‘स्टेक होल्डर’ पनि हौँ,’ उनले भने, ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ। हामीबीच सहकार्य आवश्यक छ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए। उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए।

एमाले निर्वाचन आयोगका प्रमुख  विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

संगठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग संगठनबाट उपलब्ध हुँदै आएको बताए।

प्रकाशित: ३१ जेठ २०८२ १७:२९ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast