प्रभावकारी बन्दै ‘एक घर, एक धारा’ जडान अभियान

हिमाल प्रेस ३१ जेठ २०८२ ९:०३ | Saturday, June 14, 2025
प्रभावकारी बन्दै ‘एक घर, एक धारा’ जडान अभियान

तनहुँ- तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ। नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो।

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिए।

उनले भने, ‘चालु आर्थिक वर्ष मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्‍याइएको छ।’ गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो।

‘समुदाय नै खानेपानीबाट वञ्चित हुनुपरेको छैन, लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ’, उनले भने, ‘थोरै घरपरिवारका लागि धेरै लगानी गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन्।’

त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान रकम भुक्तानी गरेको छ।आव २०८०/८१ को जेठ महिनादेखि आव २०८१/८२ को पुससम्म ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो।

यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्नेछ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ जेठ २०८२ ९:०३ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast