
काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।
बैठक असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: ३० जेठ २०८२ १५:१३
प्रतिक्रिया