बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन

हिमाल प्रेस ३० जेठ २०८२ ९:४६ | Friday, June 13, 2025
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकामा पछिल्लो दुई महिनामा चितुवाको आक्रमणबाट दुई बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

बन्दीपुर गाउँपालिका–२, कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली परिचालन गरिएको हो ।

टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्ने डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारी दिए। तनहुँका भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतंकबाट पीडित छ।

तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १६ बालबालिकाको मृत्यु भएको छ। गएको सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर–२, कुवादीका ६ वर्षीय उत्सव गुरुङले ज्यान गुमाएका थिए। रासस

प्रकाशित: ३० जेठ २०८२ ९:४६ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast