सालोको हत्या आरोपमा ५० वर्षीय यसमाली पक्राउ

हिमाल प्रेस २९ जेठ २०८२ ११:४६ | Thursday, June 12, 2025
सालोको हत्या आरोपमा ५० वर्षीय यसमाली पक्राउ

रामेछाप- रामेछापमा सालोको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

मंगलबार राति ६ बजेतिर रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षीय लबकुमार थापामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले जानकारी दिए।

लबकुमारको हत्या आरोपमा प्रहरीले भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमालीलाई पक्राउ गरेको छ। लबकुमार आफ्नो कोठामा सुतिरहेको बेलामा कसैले धारिलो हतियार प्रहार गरी भागेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गरी भिनाजु नाता पर्ने विनोदकुमार घटनास्थलमा नरहेको थाहा पाएको थियो।

प्रहरीले उनलाई मध्यराति रामेछाप–५ रामपुर कोलन्जोरबाट पक्राउ गरेको थियो। ‘उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ। हामीले पृष्ठभूमि हेर्ने काम गरिरहेका छौं,’ डिएसपी भट्टले भने। घटनाबारे अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रामेछापबाट १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

प्रकाशित: २९ जेठ २०८२ ११:४६ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast