प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध

हिमाल प्रेस २८ जेठ २०८२ १५:४९ | Wednesday, June 11, 2025
प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध

काठमाडौँ- प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले बुधबार पनि अवरोध गरेका छन्। अपराह्न ४ बजे बसेको बैठकमा प्रतिपक्षी दलहरू उठेपछि सत्तापक्षीय सांसदहरू पनि उठेर होहल्ला गर्न माग गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई आग्रह गरिरहेका छन्।

विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भनेर नाराबाजी गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति गठन हुनुपर्ने अडान नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीसहितका विपक्षी दलहरूको छ।

सत्ताधारी नेकपा एमाले र कांग्रेस भने छानबिन समिति गठन गर्ने पक्षमा देखिएका छैनन्। बैठक अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु हुन सकेको छैन। यसैगरी आर्थिक सर्वेक्षण पनि प्रतिनिधिसभा बैठकमा पेस हुन सकेको छैन। प्रतिपक्षी दलहरूले जेठ १५ गते बजेट भाषणमा भने अवरोध गरेका थिएनन्।

सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा चाँडै सहमति भएर बैठक सञ्चालन हुने संकेत गरेका थिए। यसैगरी बैठकमा सहभागी नेताहरूका अनुसार गृहमन्त्री लेखकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी माओवादी पनि लचक देखिएको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी भने लेखकमाथि छानबिन गर्नुपर्ने अडानबाट पछि हटेको छैन।

प्रकाशित: २८ जेठ २०८२ १५:४९ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast