नक्कली डीएसपी बनेर ठगी गर्न खोजेपछि…

हिमाल प्रेस २८ जेठ २०८२ १३:३४ | Wednesday, June 11, 2025
नक्कली डीएसपी बनेर ठगी गर्न खोजेपछि…

काठमाडौँ- आफूलाई नेपाल प्रहरीको डीएसपी हुँ भनेर ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली-८ का वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-४ पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन्।

उनीहरूले आफूलाई नेपाल प्रहरीको डीएसपी रहेको बताए प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन भन्दै छ लाख रुपैयाँ असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगी गरेको भनी उजुरी परेपछि ज्ञानु र रेवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। प्रकाउ परेका दुवैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भरहेको छ।

ज्ञानु २०७० चैत २० गते हातहतियार खरखजानासम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्। उनीविरुद्ध २०७० वैशाख १६ गते काठमाडौं जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँबाट केही सार्वजनिक अपराध कसुरमा र २०६७ असोज ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ जेठ २०८२ १३:३४ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast