तीनकुने घटनामा घाइते रेविका खत्रीलाई सहयोग

हिमाल प्रेस २८ जेठ २०८२ ११:३२ | Wednesday, June 11, 2025
तीनकुने घटनामा घाइते रेविका खत्रीलाई सहयोग

काठमाडौँ- तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज बास्तोलाको संयोजनमा लिजवन, पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन्।

सुवेदी लगायतको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ हस्तान्तरण गरे। खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबाट उपलब्ध भएको हो।

टोलीमा राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए। शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ।

प्रकाशित: २८ जेठ २०८२ ११:३२ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast