एमाले अखिलको नेतृत्व चुन्न चुनाव आज, पौडेल र कडरिया भिड्दै

हिमाल प्रेस २८ जेठ २०८२ ८:१४ | Wednesday, June 11, 2025
एमाले अखिलको नेतृत्व चुन्न चुनाव आज, पौडेल र कडरिया भिड्दै

काठमाडौँ- अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो। निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो। अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए। अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २८ जेठ २०८२ ८:१४ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast