‘मिरमिरे’ मा प्रकाश

हिमाल प्रेस २७ जेठ २०८२ १७:१६ | Tuesday, June 10, 2025
‘मिरमिरे’ मा प्रकाश

काठमाडौँ- यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत जोडिएका छन्।

निर्माण टिमले अभिनेता प्रकाश सपुतसँग लिखित सम्झौता गरेको हो। फिल्ममा यसअघि अभिनेता दयाहाङ राई भित्रिसकेका छन्। ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन्।

‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौं। केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘अहिलेको बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ।’

प्रकाश अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्ने स्पष्ट नभएको निर्देशक शेर्पाले बताए। ग्रामीण परिवेशमा आधारित फिल्मको कथा निर्देशक शेर्पाले नै लेखेका हुन्।

यार्सा फिल्मस्को प्रस्तुति रहने फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताका रूपमा छन्। फिल्म २०८२ मै प्रदर्शन गर्ने टिमको तयारी छ।

‘मिरमिरे’ निर्देशक शेर्पाको दोस्रो निर्देशन हो। यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए।

प्रकाशित: २७ जेठ २०८२ १७:१६ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast