राजेश हमालकाे ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशन हुँदै

हिमाल प्रेस २७ जेठ २०८२ १२:०९ | Tuesday, June 10, 2025
राजेश हमालकाे ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशन हुँदै

काठमाडौँ- अभिनेता राजेश हमालले ‘युगदेखि युगसम्म’ नामक पुस्तक प्रकाशन गर्ने भएका छन्। उनले जन्मदिनको अवसरमा सोमबार पुस्तकको आवरण सार्वजनिक गरेका छन्।

अभिनेता हमालसहित पुस्तक प्रकाशन संस्था फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण सार्वजनिक गरे।

पुस्तकमा हमालको फिल्म यात्रा र जीवनका विविध आयाम समेटिएको छ। पुस्तक आगामी भदौमा प्रकाशन गर्ने प्रकाशकको तयारी छ।

‘अभिनेता हमालको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशनको घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका भारीले भने, ‘यो पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो। यसवर्ष पाठकलाई दसैँको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ। मलाई लाग्छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो।’

उनका अनुसार हमालको अहिलेसम्म सार्वजनिक नभएको व्यक्तिगत, पारिवारिक, सामाजिक लगायत विविध विषय पुस्तकमा समेटिएको छ। पुस्तक लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।

‘युगदेखि युगसम्म’ नामक फिल्मबाट नै उनकाे अभिनय यात्रा सुरू भएकाे थियाे। हाल उनी अभिनीत ‘नरसिंहा अवतार’ प्रदर्शनरत छ।

प्रकाशित: २७ जेठ २०८२ १२:०९ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast