
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २३.१९ अंक अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ। मंगलबार १९१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ। साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ।
आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता सेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन्।
साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन्।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सात दशमलव ४७ प्रतिशत र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ।
आजको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० रुपैयाँ पुगेको छ।