संसद सञ्चालनबारे प्रचण्ड : दलहरूबीच सकारात्मक छलफल भएको छ

हिमाल प्रेस २५ जेठ २०८२ १८:१२
26
SHARES
संसद सञ्चालनबारे प्रचण्ड : दलहरूबीच सकारात्मक छलफल भएको छ फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन्।

उनले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे। उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे।

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन हुनुपर्ने विषयमा दलहरुबीच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: २५ जेठ २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast