मस्कसँग टकरावपछि ट्रम्पले आफ्नो टेस्ला कारबारे के लिए निर्णय?

हिमाल प्रेस २४ जेठ २०८२ १४:५५
46
SHARES
मस्कसँग टकरावपछि ट्रम्पले आफ्नो टेस्ला कारबारे के लिए निर्णय?

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि भनेका थिए– एलन मस्कको कम्पनी टेस्लाको एउटा कार खरिद गरेको छु।

मिडियासामु व्हाइट हाउस परिसरमा उभिएको रातो रंगको टेस्ला कार देखाउँदै ट्रम्पले भनेका थिए, त्यो कार उनले नै किनेका हुन्।

ट्रम्प अहिले त्यो टेस्ला कार बेच्ने सोचमा रहेको बीबीसीले जनाएको छ। पछिल्लो समय मस्कसँग उनको सम्बन्ध बिग्रिएको छ। यहाँसम्म कि मस्क स्वयंले अब आफू अमेरिकी राष्ट्रपति ट्रम्पसँग नरहेको घोषणा गरेका छन्।

ट्रम्प र मस्कबीच अमेरिकी सरकारले ल्याउन लागेको खर्चसम्बन्धी विधेयकलाई खटपट भएको बताइएको छ। मस्कले ट्रम्प सरकारले ल्याउन लागेको खर्चसम्बन्धी विधेयकको विरोध गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले विधेयकले मस्कको कम्पनीलाई घटा पुर्‍याउनसक्ने भएकाले उनी विधेयकको विरोधमा उत्रिएका बिहीबार आक्रोश व्यक्त गर्दै भनेका थिए।

ट्रम्पका अनुसार विधेयकमा विद्युतीय गाडीहरूलाई दिइने कर छुट हटाउने प्रस्ताव गरिएको छ, जसले टेस्लालाई नोक्सान पुर्‍याउन सक्छ। र, मस्क यसै कारणले विधेयकको विरोधमा छन्।

हालसालै राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबीच कडा शब्दयुुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँग मस्कका ठूला व्यापारिक सम्झौताहरू पुनः विचार गर्न सकिने चेतावनी दिएका छन्।

यो धम्कीपछि मस्कले ट्रम्पविरूद्ध महाभियोगको माग गरेका छन्।

प्रकाशित: २४ जेठ २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast