हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

हिमाल प्रेस २३ जेठ २०८२ १७:३४
10
SHARES
हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ– एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ। ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ।

बुधबार राति ह्वाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशमा प्रवेश गर्नबाट रोक्न खोजेको थियो र विद्यमान विदेशी भर्ना भएका विद्यार्थीहरूको भिसा रद्द हुने जोखिम रहेको बताएको थियो।

‘हार्वर्डको आचरणले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताहरूका लागि अनुपयुक्त गन्तव्य बनाएको छ,’ आदेशमा भनिएको थियो।

‘यो प्रशासनको हार्वर्डलाई यसका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट अलग गर्ने पहिलो प्रयास होइन,’ हार्वर्डले तुरुन्तै संघीय अदालतमा दायर गरेको रिटमा संशोधन गर्दै भन्यो, ‘यो हार्वर्डको प्रशासन, पाठ्यक्रम र यसका शिक्षकहरू र विद्यार्थीहरूको ‘विचारधारा’ नियन्त्रण गर्न सरकारको मागहरूलाई अस्वीकार गर्ने पहिलो संशोधनको अधिकार प्रयोग गरेकोमा सरकारद्वारा स्पष्ट बदलाका रूपमा बढ्दो प्रतिशोधको अभियानको हिस्सा हो।’

अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले बिहीबार सरकारले ट्रम्पको घोषणालाई लागु गर्न नसक्ने फैसला गरे।

‘अस्थायी नियन्त्रण आदेशबिना यसले ‘सबै पक्षहरूबाट सुन्ने अवसर पाउनुअघि तत्काल र अपूरणीय क्षति’ कायम राख्ने जोखिम रहेको हार्वर्डले देखाएको थियो,’ उनले भने।

बरोजले पहिले नै विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई रोकेका थिए।

सरकारले पहिले नै हार्वर्डलाई फाइदा पु¥याउने संघीय अनुदान र सम्झौताको करिब तीन अर्ब २० करोड डलर कटौती गरिसकेको छ र क्याम्ब्रिज, म्यासाचुसेट्स, संस्थालाई भविष्यको कुनै पनि संघीय कोषबाट बाहिर राख्ने वाचा गरेको छ।

प्रकाशित: २३ जेठ २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast