शिक्षा ऐन यही अधिवेशनबाटै जारी हुन्छ : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २३ जेठ २०८२ १२:५१
1.3k
SHARES
शिक्षा ऐन यही अधिवेशनबाटै जारी हुन्छ : सञ्चारमन्त्री गुरुङ

विराटनगर- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्दै चालु संसद् अधिवेशनबाटै शिक्षा ऐन जारी हुने बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले शिक्षा क्षेत्रको कानुनी संरचना स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याउँदै लामो समयदेखि रोकिएको शिक्षा विधेयक अन्ततः यसै अधिवेशनमा पारित हुने स्पष्ट पारे।

यसैबीच, मन्त्री गुरुङले निजामती कर्मचारी विधेयक पनि यही अधिवेशनबाटै पारित हुने जानकारी दिँदै संसद्मा भइरहेको अवरोध राजनीतिक प्रतिशोधको रूपमा आएको आरोप लगाए।

‘कुनै एक कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने तर्क तर्कसंगत छैन,’ उनले भने।

प्रकाशित: २३ जेठ २०८२ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast