
काठमाडौँ- नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ।
बिहीबार डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा थिए।
थापालाई सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायव महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।
प्रकाशित: २२ जेठ २०८२ १९:११
प्रतिक्रिया