उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

हिमाल प्रेस २० जेठ २०८२ ११:३६
10
SHARES
उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ- काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सन्चालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

सवारीसाधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्य सम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो।

प्रकाशित: २० जेठ २०८२ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast