राजावादीहरूको आन्दोलनबाट सरकार डरायो : राप्रपा

हिमाल प्रेस १७ जेठ २०८२ १४:४६ | Saturday, May 31, 2025
राजावादीहरूको आन्दोलनबाट सरकार डरायो : राप्रपा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राज्य पुनः स्थापनाको माग राख्दै आफूहरुले सुरु गरेको आन्दोलन प्रभावकारी हँुदै गएको निष्कर्ष निकालेको छ।

शनिबार काठमाडौँमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरुले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

प्रदर्शनलाइ रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरु थप उत्साहित भएको जिकिर गरे।

बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशनअनुसार परिचालन हुने निर्णय गरेको उनले बताए।

अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजे पनि आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे।

उनले जेठ १५ गते राजसंस्था पक्षधरहरुको शक्ति र गणतन्त्र पक्षधरहरुको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे।

प्रकाशित: १७ जेठ २०८२ १४:४६ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast