नेपाल भित्रियो मनसुन, कोशीमा भारी वर्षा

हिमाल प्रेस १७ जेठ २०८२ ६:२१ | Saturday, May 31, 2025
नेपाल भित्रियो मनसुन, कोशीमा भारी वर्षा फाइल तस्बिर

काठमाडौँ- नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको छ। मनसुनको प्रवेशसँगै अब देशको पूर्वी क्षेत्रमा मनसुनी वर्षा हुने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोशी प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ।

आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

प्रकाशित: १७ जेठ २०८२ ६:२१ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast