साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस १६ जेठ २०८२ १३:३९ | Friday, May 30, 2025
साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविकाजस्ता चुनौतीको सामना गर्न सकिने बताएका छन्।

एसियाली राष्ट्रहरुको खाद्य तथा कृषि सहकार्य (अफासी) को सातौँ साधारणसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अधिकारीले अफासीले एसियाली राष्ट्रहरूबीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नवीनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्चका रूपमा काम गरेको उल्लेख गर्दे सदस्य राष्ट्रहरूबीचको सहकार्यमार्फत कृषि रूपान्तरणका लागि नयाँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए।

कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवर्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा जोड दिए।

साधारणसमभामा अफासीका सदस्य राष्ट्रका प्रतिनिधिको सहभागिता छ। तीन/तीन वर्षमा आयोजना हुने आगामी साधरण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिए।

काठमाडौँमा आयोजित दोस्रो आलु सम्मेलनलाई सम्बोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल गार्हस्थ उत्पादनमा ६.३५ प्रतिशत योगदान रहेको आलु बालीको प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताएका छन्।

मन्त्री अधिकारीले सरकारले आलुको सिकाइ केन्द्र स्थापना, बिउ तथा भण्डारणमा कृषकहरुलाई अनुदान, शीतभण्डारलगायतका पूर्वाधार निर्माणका कार्य भइरहेको बताए।

प्रकाशित: १६ जेठ २०८२ १३:३९ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast