त्रिशूलीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता

हिमाल प्रेस १६ जेठ २०८२ १२:२७ | Friday, May 30, 2025
त्रिशूलीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता

काठमाडौँ- तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशूली नदीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

सोही ठाउँ बस्ने ११ वर्षीया सृष्टि गुरुङ त्रिशूलीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुबेर बेपत्ता भएकी छन्।

बेपत्ता बालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १६ जेठ २०८२ १२:२७ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast