विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

हिमाल प्रेस १५ जेठ २०८२ १९:५७ | Thursday, May 29, 2025
विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८२/८३ मा विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन गरिएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न सो रकम विनियोजन गरिएको जानकारी दिए।

विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने, विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइने बजेट वक्तव्यमा उल्लेख छ।

‘प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ,’ उनले भने, ‘बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ। साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ। निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइनेछ।

प्रकाशित: १५ जेठ २०८२ १९:५७ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast