ठूला सहरमा फाइभजी सेवा सुरु गरिने

हिमाल प्रेस १५ जेठ २०८२ १६:२० | Thursday, May 29, 2025
ठूला सहरमा फाइभजी सेवा सुरु गरिने

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका ठूला सहरहरूमा आगामी आर्थिक वर्षदेखि फाइभजी सेवा सुरू गरिने बताएका छन्।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

पौडेलले फोरजी सेवाको विस्तारका साथै ठूला सहरमा फाइभजी सेवा सुरू गरिने जानकारी दिए। त्यस्तै उनले काठमाडौँमा सूचना प्रविधि पार्क स्थापान गरिने बताए।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८२ १६:२० | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast