आयोगद्वारा शिक्षक बढुवा नतिजा प्रकाशित

हिमाल प्रेस १४ जेठ २०८२ १०:४५ | Wednesday, May 28, 2025
आयोगद्वारा शिक्षक बढुवा नतिजा प्रकाशित

काठमाडौँ- शिक्षक सेवा आयोगले साेमबार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवासम्बन्धी पुनरावलोकनपछि नतिजा सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत गठित बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतको निर्णय अनुसार २०८१/१०/१९ मा प्रकाशित योग्यताक्रम सूचीमा परेका उजुरीहरूको पुनरावलोकनपछि संशोधित नतिजा सार्वजनिक गरिएको हो।

पुनरावलोकन प्रक्रियामा विभिन्न जिल्लाबाट प्राप्त उजुरीहरू आयोगले मूल्यांकन गरी, निष्पक्ष निर्णयका आधारमा २६ जना शिक्षकहरूको बढुवा कायम गरिएको छ।

आयोगले सम्बन्धित सबै शिक्षक, सरोकारवाला निकाय तथा विद्यालयहरूलाई यसबारे जानकारी गराउँदै नतिजा सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित: १४ जेठ २०८२ १०:४५ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast