फाइल तस्बिर
काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट निवेदन सुनुवाइ गर्न आज जेठ १४ गते बुधबारका लागि पेसी तोकिएको छ। नियुक्तिको दोस्रो दिन नै सर्वोच्च लगिएको रिट निवेदन सर्वोच्च अदालतले मंगलबार मात्र दर्ता गरेको हो।
गभर्नर नियुक्ति बदरको माग गर्दै पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मंगलबार मात्रै दर्ता भएको हो। अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
प्रकाशित: १४ जेठ २०८२ ७:०५ | Wednesday, May 28, 2025
प्रतिक्रिया




