हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्छ : डा.कोइराला

हिमाल प्रेस १३ जेठ २०८२ १६:५३ | Tuesday, May 27, 2025
हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्छ : डा.कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्ने बताएका छन्।

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैंगिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक दलले लैंगिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए।

नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा भेदभाव भएकाले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउनुपर्ने बताए।

उनले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनुपर्ने विगतदेखि आफूले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकलको हकहितमा युनियनले उठाएको माग पूरा हुने विश्वास व्यक्त गरे।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, कांग्रेस मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिए।

प्रकाशित: १३ जेठ २०८२ १६:५३ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast