भिजिट भिसा प्रकरण मानव तस्करीको विषय हो : रास्वपा

हिमाल प्रेस १३ जेठ २०८२ १३:२६ | Tuesday, May 27, 2025
भिजिट भिसा प्रकरण मानव तस्करीको विषय हो : रास्वपा रास्वपा सांसद गणेश पराजुली

काठमाडौँ- रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानव तस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए।

उनले अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकाय नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा नैतिकताको विषयमात्रै हुन नसक्ने बताए।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानव तस्करीका विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए।

गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्छ।’

प्रकाशित: १३ जेठ २०८२ १३:२६ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast