काठमाडौँ- भिजिट भिसाको नाममा विदेश जाने युवाबाट असुली भएको भन्दै सदनमा छानबिनको मागसहित नाराबाजी भएको छ।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालयको संलग्नता रहेको आशंकामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूले सदनमा विरोध जनाएका हुन्।
उनीहरूको विरोध चर्किंदै जाँदा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि विपक्षी सांसदहरू थप आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए।
प्रकाशित: १३ जेठ २०८२ १२:१३ | Tuesday, May 27, 2025
प्रतिक्रिया



