निरन्तर घट्यो सुनको भाउ

हिमाल प्रेस १३ जेठ २०८२ ११:२९ | Tuesday, May 27, 2025
निरन्तर घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ। हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो।

गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आइतबार र सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो।

प्रकाशित: १३ जेठ २०८२ ११:२९ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast