हात्ती गोविन्देलाई दिइयो मात नियन्त्रण गर्ने औषधि

हिमाल प्रेस २८ पुष २०७९ ११:१३ | Thursday, January 12, 2023
हात्ती गोविन्देलाई दिइयो मात नियन्त्रण गर्ने औषधि

चितवन- चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जंगली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ। म‌ंसिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्रयापिङ गरी निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो।

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्न सक्ने आशंकामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताए। ‘गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ,’ उनले भने। उनका अनुसार अहिले गोविन्दे मात चढेको अवस्थामा छैन।

पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो। त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए। सोही क्रममा हात्तीलाई औषधि दिइएको हो। बाघ भने सो क्षेत्रमा नदेखिएको उनले जानकारी दिए।

प्रकाशित: २८ पुष २०७९ ११:१३ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast