विधेयक नसच्याए सशक्त आन्दोलन गर्ने निजामती कर्मचारीको चेतावनी

हिमाल प्रेस ११ जेठ २०८२ १३:४१ | Sunday, May 25, 2025
विधेयक नसच्याए सशक्त आन्दोलन गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौँ- संघीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय सात वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनोटको अवसर दिनुपर्नेसहित माग राखेका छन्।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटनुपर्ने माग रहेको बताए।

विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरुको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीले दिएका छन्।

प्रकाशित: ११ जेठ २०८२ १३:४१ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast