आज कुन कुन विदेशी मुद्रा घट्यो?

हिमाल प्रेस ११ जेठ २०८२ ६:४२
6
SHARES
आज कुन कुन विदेशी मुद्रा घट्यो?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज जेठ ११ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्विस फ्रयांक १ को खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिंगापुर डलर १ को खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा, बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल १ को खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित: ११ जेठ २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast