इजरायली आक्रमणमा गाजामा एक चिकित्सकका ९ सन्तानको मृत्यु

हिमाल प्रेस १० जेठ २०८२ २०:४५ | Saturday, May 24, 2025
इजरायली आक्रमणमा गाजामा एक चिकित्सकका ९ सन्तानको मृत्यु फाइल तस्बिर

काठमाडौँ– इजरायलले गाजामा गरेको हवाई आक्रमणमा एक चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु भएको छ।

गाजाको खान युनिसस्थि नासर अस्पतालले इजरायली हवाई आक्रमणमा आफ्नो एक चिकित्सको १० मध्ये ९ सन्तानको मृत्यु भएको जनाएको हो।

चिकित्सक अल्ला अल–नज्जरका एक सन्तान र उनका पति घरमा भएको इजरायली आक्रमणमा घाइते भएको अस्पतालले जनाएको छ।

हमास सञ्चालित स्वास्थ्य मन्त्रालयको निर्देशकले साझा गरेको एक भिडियोमा खान युनिसमा भएको आक्रमणपछि शवहरू बाहिर निकालिएको देखिएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पछिल्लो २४ घण्टामा गाजाको सयभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ।

प्रकाशित: १० जेठ २०८२ २०:४५ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast