अवरुद्व दाउन्ने सडक पूर्णरूपमा सञ्चालनमा, गुड्न थाले सवारी

हिमाल प्रेस १० जेठ २०८२ १२:५१ | Saturday, May 24, 2025
अवरुद्व दाउन्ने सडक पूर्णरूपमा सञ्चालनमा, गुड्न थाले सवारी फाइल तस्बिर।

लुम्बिनी- गएरातिदेखि अवरुद्व पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मध्यान्हदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि गएरातीदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।

बिहान १० बजेदेखि एकतर्फी खुलेको सडक आज मध्यान्हदेखि पूर्ण रूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए।

७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको थियो। सडक खुलेसंगै रोकिएका सवारीहरू चलेका छन्।

प्रकाशित: १० जेठ २०८२ १२:५१ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast