इन्डोनेसियाको सुमात्रामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त

हिमाल प्रेस ९ जेठ २०८२ १८:३१ | Friday, May 23, 2025
इन्डोनेसियाको सुमात्रामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त

काठमाडौँ– शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन।

यूएसजीएसका अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको थियो।

देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताइएको छ। एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ।

भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु सहरमा एक सयभन्दा बढी घर र कम्तीमा ६ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा बताए।

विशाल द्वीपसमूह इन्डोनेसियाले प्रशान्त ‘रिङ अफ फायर’ मा यसको स्थितिका कारण बारम्बार भूकम्पको अनुभव गर्दछ। जापानबाट दक्षिणपूर्व एशिया र प्रशान्त बेसिनमा फैलिएको रिङ अफ फायरमा टेक्टोनिक प्लेटहरू घर्षण हुँदा तीव्र भूकम्पीय गतिविधि हुन्छ।

सन् २०२१ जनवरीमा सुलावेसीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले एक सयभन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए।

सन् २०१८ मा सुलावेसीको पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान गएको थियो।

सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो।

प्रकाशित: ९ जेठ २०८२ १८:३१ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast