नरेश खातीको ‘राजा’ गीतमा पल शाह र गरिमा शर्माको अभिनय, स्वर क-कसको? (भिडियोसहित)

हिमाल प्रेस ७ जेठ २०८२ १२:२९ | Wednesday, May 21, 2025
नरेश खातीको ‘राजा’ गीतमा पल शाह र गरिमा शर्माको अभिनय, स्वर क-कसको? (भिडियोसहित)

काठमाडौँ- नेपाली लोकसंगीतमा पछिल्ला वर्षहरूमा सक्रिय र लोकप्रिय नाम गायक, गीतकार तथा संगीतकार नरेश खातीले नयाँ गीत ‘राजा’ सार्वजनिक गरेका छन्। उक्त गीत उनले आफ्नै युट्युब च्यानल  मेक्सम नरेशमार्फत दर्शकमाझ ल्याएका हुन्।

‘मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ भन्ने भावको गीतमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय रहेको छ। काठमाडौँमै छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाको अभिनयले थप ऊर्जा भरेको छ।

नरेश खाती र एलिना चौहानको स्वर रहेको गीतको निर्देशन विक्रम चौहानले गरेका हुन्। भिडियोले नेपाली समाजमा पाइने मानशान र घमण्डको मानसिकता र त्यसको परिपरिणामलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ भन्ने सन्देश बोकेको गीतले कसैलाई तुच्छ ठान्ने मानसिकता हानिकारक हुने विषय उजागर गर्ने प्रयास गरेको छ।

नरेश खाती पछिल्लो पुस्ताका सक्रिय र चर्चित सर्जक हुन्। गुल्मीमा २०४७ सालमा जन्मिएका खाती दाङमा हुर्केका हुन्। काठमाडौँ आएपछि उनी लोकसंगीतमा सक्रिय भए र हालसम्म ४ सयभन्दा बढी गीत लेखिसकेका छन्। उनले थुप्रै गीतमा संगीत दिएका छन् भने केहीमा स्वरसमेत भरेका छन्। उनका धेरैजसो गीतहरू लोकप्रिय छन्।

गीतमा अभिनय गरेका बालकलाकार प्रिन्स बम डोटीको बोगटान फुड्सिल गाउँपालिकाबाट काठमाडौँ आएका हुन्। ११ वर्षे प्रिन्सले यसअघि ‘कि मलाई जोवन देऊ, कि सीधै नो भन्देऊ’ नामक म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। पल शाहसँगको आत्मीयता र सहकार्यले उनलाई अभिनयमा सहज बनाएको छ भने ‘राजा’ उनको दोस्रो भिडियो हो।

नरेश खातीले ‘राजा’ गीतले श्रोता दर्शकलाई नाच्न मात्र होइन, सोच्न पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले लोकसंगीतलाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिने माध्यमका रूपमा अघि बढाउने अठोट व्यक्त गरेका छन्।

यस्तो छ भिडियो

प्रकाशित: ७ जेठ २०८२ १२:२९ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast