प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

हिमाल प्रेस ७ जेठ २०८२ ११:४५ | Wednesday, May 21, 2025
प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा.विश्व पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा.पौडेललाई शपथ ग्रहण गराएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा.पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

प्रकाशित: ७ जेठ २०८२ ११:४५ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast